सदाचारका साथ पुनरुत्थान भन्ने नाराका साथ विश्व भ्रष्टाचारविरुद्धको दिवस मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सदाचारका साथ पुनरुत्थान भन्ने नाराका साथ विश्व भ्रष्टाचारविरुद्धको दिवस मनाईंदै

काठमाडौं, २४ मंसिर । आज डिसेम्बर ९ अर्थात विश्व भ्रष्टाचारविरुद्धको दिवस विविध कार्यक्रमका साथ मनाइदैं छ । सदाचारका साथ पुनरुत्थान भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन लागिएको हो ।

राष्ट्रसंघको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो भने सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ ।

मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा मात्र भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ भन्ने उद्देश्यका साथ यो दिवस मनाउन लागिएको हो ।

यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश दिँदै भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएको छ । उहाँले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने उल्लेख गुर्नभएको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्दै प्रधानमन्त्री ओलीले हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);