प्रमुख दलहरु निर्वाचनमा केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रमुख दलहरु निर्वाचनमा केन्द्रित

समिता लुईंटेल । ८ फागुन काठमाडौं । अन्ततः सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् । तर मधेस केन्द्रित दलहरु भने संविधान संशोधन नभइ निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जाने चेतावनी दिइरहेका छन् ।

सरकारले आज गर्दैछ चुनावको घोषणा

समिता लुईंटेल । ८ फागुन काठमाडौं । अन्ततः सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् ।

तर मधेस केन्द्रित दलहरु भने संविधान संशोधन नभइ निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जाने चेतावनी दिइरहेका छन् । सत्ताघटक दलहरुले मोर्चाले भने जस्तो संविधान संशोधन गरेर निर्वाचन मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेका छन् ।

त्यसो त प्रमुख दलका शीर्ष नेताहरुले संविधानको पूर्ण कार्यन्वयनका लागि तोकिएको समय भित्रै तीनै तहको निर्वाचन गर्न प्रतिबद्ध रहेको बताउँदै आएका छन् । संविधानमा आगामी माघ पहिलो साता भित्रै तीनै तहको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको भए पनि दलहरु केही समय स्थानीय तह की स्थानीय निकायको निर्वाचन भन्नेमै अल्मलिए ।

सँगै मधेसी मोर्चाको माग अनुसार संविधान संशोधन पछि निर्वाचनको मिति घोषणा गर्ने की निर्वाचनको मिति घोषणा गरेपछि मात्र संविधान संशोधनको विषयमा छलफल गर्ने भन्नेमा पनि दलहरुबीच मतभेद कायमै छ । अझै पनि मधेसी मोर्चा संविधान संशोधनविना निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जाने चेतावनी दिइरहेको छ । तर पछिल्लो समय प्रमुख दलहरु स्थानीय निर्वाचनको लागि गम्भिर देखिएका छन् ।

असन्तुष्ट पक्षको माग सम्बोधन गरेर अघि बढ्नुपर्ने भएपनि तत्काल निर्वाचनमा जानुपर्ने निष्कर्षमा प्रमुख दलहरु पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको भन्दै राजनीतिक दलहरु गम्भिर हुनुपर्ने बताउनुभयो । संविधान संशोधनप्रति नेपाली कांग्रेस लचिलो भएपनि नेपाली कांग्रेसभित्रै पनि कतिपय नेताहरु संविधान संशोधन थाति राखेर भए पनि निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।

संविधान संशोधन र स्थानीय निर्वाचनबारे सरकार र मोर्चाबीच पटक पटक छलफल भएपनि मोर्चाले पहिले संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्कालै निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको छ । संवैधानिक बाध्यताको कारण पनि दलहरुबीच सहमति कायम गर्दै निर्वाचनमा केन्द्रित हुनुको विकल्प छैन । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);