स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुन्छः सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुन्छः सभापति देउवा

७ माघ ,चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभएको छ । प्रेस युनियन चितवनले शुक्रवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले चैतमा नै सरकार परिवर्तन नहुने बताउनुभयो ।

स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुन्छः सभापति देउवा

पुनम गौतम

७ माघ ,चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभएको छ । प्रेस युनियन चितवनले शुक्रवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले चैतमा नै सरकार परिवर्तन नहुने बताउनुभयो । संविधान सभामा निर्वाचन विधयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने भन्दै उहाँले मुलुक निर्वाचनतर्फ धकेलिएको बताउनुभयो ।

निर्वाचन विधयक पारित गर्न ढिलाई भएकाले निर्वाचन समेत ढिलो भएको उहाँको भनाई थियो । पत्रकारको एक प्रश्नमा सभापति देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने विश्वास व्यक्त गर्नुभयो । आजको एक वर्षमा तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै उहाँले संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

एक वर्षभित्रमा तीन तहको निर्वाचन गर्न नसके लोकतन्त्र संकटमा पर्ने उहाँको भनाई छ । मधेशी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेश गरिएको भन्दै उहाँले सबैका मागलाई सम्बोधन गर्न नसके संविधान कार्यान्वयन जटिल बन्ने बताउनुभयो । संविधान संशोधनसँगै सबै नेपालीका मागलाई संविधानले सम्बोधन गर्ने भन्दै उहाँले तीन तहको निर्वाचनसँगै राष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो । सरकारले मन्त्रीमण्डल विस्तार पूर्व सहमति अनुरुप नै भएको सभापति देउवाले बताउनुभयो । अहिले नयाँ नयाँ निर्णय होइन, पहिलेको सहमति अनुसार ढिलो गरी काम भएको देउवाको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);