वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने ः बिजुक्छे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने ः बिजुक्छे

भक्तपुर, १६ फागुन ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउनुभयो

वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने ः बिजुक्छे

भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउनुभयो । उहाँले जहिलेसम्म संशोधन हुँदैन् त्यसबेलासम्म सरकार नरहने भएकाले यो सरकारको औचित्यता नभएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । स्थायिन तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्नेमा उहाँले जोड दिनु भयो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, काँंग्रेस सभापति शेरबहादुर देउवा र सिके राउत एउटै शक्ति केन्द्रबाट परिचालन भएको दावी गर्दै बिजुक्छेंले उपत्यकामा विदेशी संयन्त्रले सरकार सञ्चालन गरिरहेको आरोप लगाउनुभयो । नेपालको सरकार काठमाडौमै रहेका विदेशी संयन्त्रको निर्देशनमा चलेको उहाँको आरोप छ । कांँग्रेस र माओवादी एउटै शक्ति केन्द्रबाट परिचालीत भएको हो भने पार्टी फरक हुनुको औचीत्यता नभएको समेत उहाँले टिप्पणी गर्नु भयो ।

 

अध्यक्ष बिजुक्छेंले मधेशी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गर्नुभयो । मधेशी मोर्चाले उठाएका माग तराईका जनताको नभएको बताउँदै उहाँले तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने भएकाले यदी अवरोध भए सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्नेमा बताउनुभयो । उहाँले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र नयाँ सरकार गठनपछि मात्र निर्वाचन हुने बताउँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुटा कमाउनुनहुने बताउनुभयो । यदी निर्वाचन गर्ने वातावरण आएन भने सरकारले पालेका सेना, प्रहरीको के काम भन्दै उहाँले प्रश्न गर्दै भन्नुभयो, सरकारले जसरी पनि निर्वाचन गर्नुपर्छ । यदी निर्वाचन गर्न सकिएन भने सेना परिचलान गर्नुको औचीत्यता छैन् । उहाँले संविधान संशोधनमा एमालेले लचकता अपनाउनुको पछाडि विदेशी दबाब हुन सक्ने बताउँदै संविधान संशोधन पारित भए देश नरहनेसमेत बताउनुभयो । संविधान संशोधन नभएसम्म वर्तमान सरकार टिक्ने र वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने उहाँको भनाइ छ । उहाँले सत्ता समिकरण बद्लिने सम्भावना रहेकाले तोकिएको समयमा निर्वाचन नहुने बताउनुभयो ।

 

उहाँले प्रमुख प्रतिपक्ष नरहने गरी थ्रेस होल्डको कुरा आइरहेकाले थे्रस होल्ड संख्याको आधारमा नभई विचारको आधारमा गरिनुनपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्तावको पार्टीले निरन्तर रुपमा विरोध गरिरहेको बताउँदै संविधान संशोधनमा एमालेले अपनाएको लचकता देश र जनताको हितमा नभएको बताउनुभयो । निर्वाचनको समयमा सिडियो सरुवा गर्नु भनेको आफना मान्छे पठाएर चुनावलाई प्रभाव पार्ने षड्यन्त्र भएको बिजुक्छँेले बताउनुभयो । उहाँले नेपाल प्रहरीको आईजीपिको बिषयमा जसरी भागबण्डाको खेल भइरहेको छ यसले नेपालको सुरक्षा निकायमा समेत आर्थिक चलखेलले ब्यापकता पाएको र यो देशको अहितमा रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);