नारायणमान विजुक्छेंको आरोपः सरकार भारतको इशारामा चल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नारायणमान विजुक्छेंको आरोपः सरकार भारतको इशारामा चल्यो

३१ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान सरकार भारतको इशारामा चलेको आरोप लगाउनु भएको छ ।

नारायणमान विजुक्छेंको आरोपः सरकार भारतको इशारामा चल्यो

३१ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान सरकार भारतको इशारामा चलेको आरोप लगाउनु भएको छ । अध्यक्ष बिजक्छेले भारतकै इशारामा सरकारले स्थानीय तहअन्तर्गत दोस्रो चरणको निर्वाचनको मिति पुनः सार्ने प्रस्ताव ल्याएको उल्लेख गर्दै त्यसमा आपत्ति जनाउनु भएको छ । बुधबार भक्तपुरमा संचारकर्मीमाँझ कुरा गर्दै उहाँले सरकारलाई निर्वाचनको मिति फेर्ने कानुनी अधिकार नरहेको दावी गर्नुभयो ।

अध्यक्ष बिजुक्छेले संविधानले निर्वाचनसम्बन्धी सबै निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई दिएको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष बिजुक्छेले मधेशका राजनीतिक दलहरुलाई संविधान संशोधन गर्ने झुटो आश्वासन नदिन पनि सरकारलाई चेतावनी दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);