स्थानीय तहको निर्वाचन सम्पन्न भएकामा पूर्वराष्ट्रपतिद्धारा खुसी व्यक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, ६ असोज: पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले अव प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा संविधान कार्यान्वयनको कामले पूर्णता पाउने विश्वास पनि व्यक्त गरे । शुक्रबार शुशिल कोइराला फाउन्डेशनले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले मधेशका सबै राजनीतिक दलहरुलाई समेटेर संविधान जारी गर्न नसकेकोमा भने आफूलाई खिन्नताबोध हुने गरेको पनि स्मरण गराए । उनले तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाले हठ नलिएको भए संविधान जारी हुन सक्ने थिएन भन्ने आफ्नो बुझाई रहेको पनि उल्लेख गरेका छन् ।

पूर्व राष्ट्रपति यादवले सरकारको काम कार्वाहीप्रति भने चर्को असन्तुष्टि व्यक्त गरे । उनले न्यायपालिकामा समेत अतिराजनीतिकरण गर्ने काम भएको भन्दै काँग्रेस नेतृत्वको सरकारको चर्को आलोचना गरेका हुन् । पूर्व राष्ट्रपति यादवले काँग्रेसले धेरै निष्ठावान नेता कार्यकर्तालाई बेवास्ता गरिरहेको गुनासो गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले जनताको सुःख र समृद्धिका लागि पनि राजनीतिक दलहरुले संविधान कार्यान्वयनमा केन्द्रित हुनुको विकल्प नरहेको स्पष्ट पारे । उनले जनताले अनुभूति हुने गरी कार्यान्वयनमा नलगेसम्म संविधान दीगो हुन नसक्नेतर्फ पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।
मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मीले जनताको हितलाई तत्काल सम्बोधन हुने गरी संविधान कार्यान्वयनको काममा जुटन पनि सबै राजनीतिक दलहरुसँग आग्रह गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);