बाढीका कारण हेलिकप्टरमार्फत ल्याईयो मतपेटिका | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बाढीका कारण हेलिकप्टरमार्फत ल्याईयो मतपेटिका

सर्लाही, ३ असोज । सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर १४ को डाइनी दोभान मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको छ ।
मतपेटिका लालबन्दी नगरपालिका मतदान अधिकृतको कार्यालयसम्म मंगलबार बिहान ल्याइएको हो ।

बाढीका कारण पैदल मार्ग अवरुद्ध भएपछि डाइनी दोभान केन्द्रको मतपेटिका गणनास्थलमा ल्याउन नसकिएपछि हेलिकप्टरमार्फत ल्याइएको हो ।
डाइनी दोभान मतदान केन्द्रमा ८ सय १९ मतदाता मध्ये ५ सय ८१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्लाहीको सबैभन्दा विकट मानिने सो स्थानमा अहिलेसम्म सडक पुग्न सकेको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);