दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय मुर्खतापूर्णः महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय मुर्खतापूर्णः महतो

३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुको मग सम्बोधन नभएसम्म तराइका जिल्लामा स्थानीय तह निर्वाचन हुन नदिने बताएको छ ।

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय मुर्खतापूर्णः महतो

३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुको मग सम्बोधन नभएसम्म तराइका जिल्लामा स्थानीय तह निर्वाचन हुन नदिने बताएको छ । शनिबार राजधानीमा आयोजित कार्याक्रममा राजपाका नेता राजेन्द्र महतोले आफुहरुको माग सम्बोधन नगरी तराइ मधेसका कुनै पनि जिल्लामा निर्वाचन हुन नदिने बताउनुभयो । उहाँले दुई नम्बर प्रदशेलाई मात्र मधेस नठान्न चेतावनी समेत दिनुभयो । दुई नम्बर प्रदेशमा मात्र स्थानीय तहको निर्वाचन पछि सार्ने सरकारको निर्णय मुर्खतापूर्ण भएको महतोको भनाइ थियो । नेता महतोले मुलुकलाई दुर्घटनाबाट जोगाउने जिम्मेवारी सरकार र प्रमुख तीन ठूला दलको काँधमा रहेको भन्दै जर्बजस्ती निर्वाचन गराउन खोजे परिणाम राम्रो नहुने चेतावनी समेत दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);