तेस्रो चरणको स्थानीय तह निर्वाचन नहुने खतराः नेपाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०७९, मंगलबार

तेस्रो चरणको स्थानीय तह निर्वाचन नहुने खतराः नेपाल

३ असार काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले तेस्रो चरणको स्थानीय तह निर्वाचण नहुने खतरा बढेको बताउनुभएको छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचन नहुने खतराः नेपाल

३ असार काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले तेस्रो चरणको स्थानीय तह निर्वाचण नहुने खतरा बढेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले बर्तमान सरकार नै निर्वाचन नगराउने पक्षमा रहेको आरोप लगाउँदै निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभयो । निर्वाचन पछि धकेल्न सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लागिपरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा उहाँले कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई कुनै पनि स्वार्थमा नलागी जनता पक्षमा काम गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा अन्य वक्ताहरुले निर्वाचित प्रतिनिधीहरुले सबै वडाबासीहरुले अनुभुती गर्ने गरी काम गर्न आग्रह गरेका थिए  । 

Leave a Reply