केपी ओलीको दाबी, तराइमा एमाले नै अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

केपी ओलीको दाबी, तराइमा एमाले नै अगाडि

२८ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ ।

केपी ओलीको दाबी

२८ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ । आइतबार नेकपा एमालेले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउनु भएको हो ।

अध्यक्ष ओलीले नेकपा एमाले सामाजिक सद्भाव, समृद्धि र राष्ट्रिय एकताको पक्षमा भएको बताउँदै नेपालगन्जबासीले सामाजिक सद्भावका पक्षमा खेलेको भूमिकाको सह्राना गर्नु भयो । उहाँले एमालेले मुस्लिम नेता सम्सुद्दिन सिद्दिकीलाई प्रमुख र महिला नेतृ शान्ति ढकाललाई उपप्रमुखको उम्मेदवार बनाइएको घोषणा समेत गर्नुभयो ।

उहाले नेकपा एमालेले मुस्लिम समुदायबाट प्रमुखको उम्मेदवार दिएपछि एमालेलाई हराउन अन्य दलले चलखेल गर्नसक्ने तर्फ सचेत हुन मुस्लिम समुदायको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले तराई मधेसमा पनि एमालेको वर्चश्व राम्रो भएको दावी समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);