सरकारले विभेदकारी नीति अवलम्बन ग¥योः ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सरकारले विभेदकारी नीति अवलम्बन ग¥योः ओली

१३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमजानको समयमा निर्वाचनको मिति तोकेर सरकारले विभेदकारी नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ ।

सरकारले विभेदकारी नीति अवलम्बन ग¥योः ओली

१३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमजानको समयमा निर्वाचनको मिति तोकेर सरकारले विभेदकारी नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राज्यले सबै धर्मावलम्बीप्रति समान व्यवहार गर्नुपर्ने भन्दै सरकारले त्यस विपरित मुस्लिम समुदायप्रति अन्याय गरेको बताउनुभयो । रमजानको समयमा निर्वाचनको मिति नराख्न आफुले बारम्बार सदन, सडक र दलीय बैठकमा आग्रह र अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाई नगरेको उहाँको भनाइ थियो । कार्यक्रममा अध्यक्ष ओलीले कसैलाई भेदभाव नगर्ने र सबै धार्मिक आस्था राख्नेहरुको साझा थलो नेकपा एमाले नै भएको भन्दै पार्टीमा एकिकृत हुन आह्वान समेत गर्नुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा जनताले एमालेलाई पहिलो पार्टी बनाएको भन्दै उहाँले दोश्रो चरणको निर्वाचनमा अझै ठुलो सफलता प्राप्त गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । पहिलो चरणको निर्वाचनको परिणाम त्रस्त भएकाहरुले विभिन्न वहानामा निर्वाचन सार्ने षडयन्त्र गरिरहेको भन्दै उहाँले निर्वाचन पछि धकेल्ने षडयन्त्र कुनै हालतमा स्वीकार्य नुहुने स्पष्टपार्नुभयो । आइतबार देखि मुस्लिम समुदायको एक महिने ब्रत रमजान सुरु हुदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);