स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी

स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी
२६ बैशाख, काठमाण्डौ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको घर दैलो अभियानको सुरूवात गर्दै अध्यक्ष ओलीले एमालेको पक्षमा जनलहर आएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले केही पार्टीका नेताहरु आफन्तलाई जिताउने अभियानमा लागेको आरोप लगाउँदै एमाले देश र जनताको जितका लागि चुनावी अभियानमा होमीएको बताउनुभयो । राष्ट्रियता र जनजीविकाको सवालमा एमालेले उठाएका एजेण्डा आमजनताको एजेण्डा भएकाले पनि आफुहरुको जित नै समृद्धिको आधार भएको ओलीको भनाइ थियो । काठमाडौंलाई भ्रष्टाचारमुक्त र स्मार्ट सिटी बनाउने अभियानको नेतृत्व एमालेले मात्रै गर्न सक्ने भन्दै अध्यक्ष ओलीले एमालेले काम गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका नेता जिवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित, युवा नेता बसन्त मानन्धर, सांसद रामबीर मानन्धर लगायतका स्थानीय नेताहरुले काठमाडौंको विकासमा लागि एमाले उम्मेदवारलाई जिताउन मतदाताहरुसँग आग्रह गरे । चुनावी ¥यालीमा पार्टी उपाध्यक्ष एवं ३ नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पार्टी सचिव प्रदिप ज्ञवाली, बिष्णु रिमाल, भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);