केपी ओलीको दाबीः एमालेको एजेण्डा अनुमोदन हुन्द, स्थानीय तहमा एमालेको बहुमत आउँछ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

केपी ओलीको दाबीः एमालेको एजेण्डा अनुमोदन हुन्द, स्थानीय तहमा एमालेको बहुमत आउँछ

स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी, राष्ट्रियता र जनजीविकाको सवालमा एमालेले उठाएका एजेण्डा जनताले अनुमोदन गर्ने भनाई

केपी ओलीको दाबीः एमालेको एजेण्डा अनुमोदन हुन्द

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । 

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको घर दैलो अभियानको सुरूवात अध्यक्ष ओलीले एमालेको पक्षमा जनलहर आएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले केही पार्टीका नेताहरु आफन्तलाई जिताउने अभियानमा लागेको आरोप लगाउँदै एमाले देश र जनताको जितका लागि चुनावि अभियानमा होमीएको बताउनुभयो ।

राष्ट्रियता र जनजीविकाको सवालमा एमालेले उठाएका एजेण्डा आम जनताको एजेण्डा भएकाले पनि आफुहरुको जित नै समृद्धिको आधार भएको बताउनुभयो ।

काठमाडौंलाई भ्रष्टाचारमुक्त र स्मार्ट सिटी बनाउने अभियानको नेतृत्व एमालेले मात्रै गर्न सक्ने भन्दै अध्यक्ष ओलीले एमालेले काम गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका नेता जिवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित, युवा नेता बसन्त मानन्धर, सांसद रामबीर मानन्धर लगायतका स्थानीय नेताहरुले काठमाडौंको विकासमा लागि एमाले उम्मेदवारलाई जिताउन मतदाताहरुसँग आग्रह गरे ।

चुनावी ¥यालीमा पार्टी उपाध्यक्ष एवं ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पार्टी सचिव प्रदिप ज्ञवाली, बिष्णु रिमाल, भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);