बैतडीमा पाठ्यपुस्तकको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बैतडीमा पाठ्यपुस्तकको अभाव

बैतडीमा पाठ्यपुस्तकको अभाव
नरी बडु, १४ बैशाख बैतडी ।
नयाँ शैक्षिक सत्रको सुरुवात भईसक्दा समेत बैतडीमा अझै पाठ्यपुस्तकको अभाव कायमैै छ । गएको शैक्षिकसत्र ०७३ मा पाठ्यपुस्तक अभावमै परिक्षा दिएका विद्यार्थिहरु यसवर्ष पनि पाठ्यपस्तक पुर्ति हुने छाँट नदेखिएपछि

बैतडीमा पाठ्यपुस्तकको अभाव

 

 

नरी बडु, १४ बैशाख बैतडी । नयाँ शैक्षिक सत्रको सुरुवात भईसक्दा समेत बैतडीमा अझै पाठ्यपुस्तकको अभाव कायमैै छ । गएको शैक्षिकसत्र ०७३ मा पाठ्यपुस्तक अभावमै परिक्षा दिएका विद्यार्थिहरु यसवर्ष पनि पाठ्यपस्तक पुर्ति हुने छाँट नदेखिएपछि चिन्तीत बनेका छन् । पाँच सय ३९ सामुदायिक विद्यालय रहेको यस जिल्लामा कक्षा एक देखि पाँच सम्मका पाठ्यपुस्तकको अभाव नभएपनि ६ देखि १० सम्मका अधिकासं पुस्तकहरु अझै पुगेका छैनन् ।

 

निम्नमाध्यमिक र माध्यमिक तहका एच्छिक विषयहरुको आफुर्ति हुन नसकेको बैतडीको साहिलेकका जगन्नाथ पुस्तक पसलका पुस्तक विक्रेता जनक भट्टले बताउनुभयो । विगतका वर्षहरुभन्दा यो वर्ष पनि पाठ्यपुस्तक ढीला पुगेको र शिक्षा मन्त्रालयले निजि कम्पनीहरुलाई पनि छपाईको जिम्मा दिनुपर्ने उहाँको भनाई छ । पाढ्यपुस्तक छपाईको काम गर्ने जनक शिक्षा सामाग्री केन्द्रको लापर्वाहीका कारण हरेक वर्ष विद्यार्थिहरुले पाठ्यपुस्तकको मार खेप्दै आएका छन् ।

 

जिल्लामा कति पाठ्यपुस्तकको समस्या छ भन्ने बारेमा एकिन जानकारी नभएपनि विभिन्न ठाँउबाट एच्छिक विषयको अभाव छ भन्ने गुनासो आएको जिल्ला शिक्षा कार्यालय बैतडीका सूचना अधिकारी विद्यालय निरिक्षक संकरदत्त भट्टको भनाई छ । गएको शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक विनानै परिक्षा दिन बाध्य यस क्षेत्रमा रहेका दुर्गमा विद्यार्थिहरुलार्य सर्वसुलव रुपमा पाठ्यपुस्तकको उपलब्धता गारउन शिक्षा मन्त्रालय, जनशिक्षा सामाग्रि केन्द्र र जिल्ला शिक्षा कार्यालयले पहल गर्न जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);