अब कक्षा ५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अब कक्षा ५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई

काठमाडौं, १२ माघ । आगामी शैक्षिक सत्रमा ५ कक्षासम्मको पाठ्यपुस्तकको छपाईको जिम्मा निजी क्षेत्रले पाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको हो ।

यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक निजी क्षेत्रले छपाउदै आएको थियो । मन्त्रालयको निर्णयसँगै कक्षा ५ सम्मकै पुस्तक छपाईको जिम्मा निजीले पाउने भएको छ ।

निजी मुद्रकलाई पाठ्यपुस्तक छपाईको प्रयोजनका लागि सूचिकृत हुन भन्दै पाठ्यपुस्तक विकास केन्द्रले सूचना जारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);