मकवानपुरको चुनावी अपडेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मकवानपुरको चुनावी अपडेट

मकवानपुरको चुनावी अपडेटश्याम गुप्ता, मकवानपुर , ३१ बैशाख मकवानपुर जिल्लामा यति खेर शान्त वातावरणमा स्थानीय तहको चुनाव भईरहेको छ । दुई सय ९५ वटा मतदान केन्द्र र एक सय ६४ वटा मतदान स्थल रहेको मकवानपुरको सम्पूर्ण मतदान केन्द्रमा यति खेर मतदान भईरहेको छ

मकवानपुरको चुनावी अपडेट

मकवानपुरको चुनावी अपडेट

श्याम गुप्ता मकवानपुर , ३१ बैशाख

मकवानपुर जिल्लामा यति खेर शान्त वातावरणमा स्थानीय तहको चुनाव भईरहेको छ । दुई सय ९५ वटा मतदान केन्द्र र एक सय ६४ वटा मतदान स्थल रहेको मकवानपुरको सम्पूर्ण मतदान केन्द्रमा यति खेर मतदान भईरहेको छ । प्राप्त खबर अनुसार अहिले सम्म मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा २५ प्रतिशत मत खसेको छ । विभिन्न बुथमा गरी त्यति मत खसेको ईन्द्रसरोबरका निर्वाचन अधिकृत हरिप्रसाद पन्तले जानकारी दिएका छन् । जम्मा १० हजार दुई सय पाँच जना मतादाता रहेको ईन्द्रसरोबरमा ८५ प्रतिशतले मात्र मतदाता परिचय–पत्र लगेक थिए । गाउँपालिकाको मतदान केन्द्र नजिकै बम फेला मकवानपुरको बाग्मति गाउँपालिका वडा नं.८ स्थित बन देवी निम्न माध्यमिक विद्यालय मतदान केन्द्र देखि एक सय ५० मिटर पर मकै घारीमा आईतवार बिहान बम फेला परेको छ ।

 

बम राखिएको भेटिए पछि सुरक्षाकर्मीले बिहान निश्कृय पारेका छन् । बम राखिए पछि एकै छिन त्यहाँको वातावरण अशान्त बनेको थियो । करिब १९ हजार मतदाता रहेका सो गाउँपालिकामा यस बाहेकका अन्य घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फर्काईयो मतदान केन्द्रबाट खत्रीलाई हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित बासुदेव सभागृह मतदान केन्द्रमा मतदान गर्न पुगेका ईन्द्र बहादुर खत्रीले भने मतदान गर्न पाएनन् । सरकारी परिचय–पत्र भएपनि उनलाई मतदाता परिचय–पत्र साथमा नभएको भन्दै मतदान गर्न नदिईएको हो । उनलाई तुरुन्तै मतदान गर्न नदिए पनि दिउँसो ४ बजे पछि बोलाईएको छ । उनले दोहोराएर आउँनु परेको गुनासो गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकारी दयाराम ढकालले मतदाता नामावलीमा नाम भएका मतदाताहरुले सरकारी परिचय–पत्रको आधारमा मतदान गर्न पाउँने जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);