राष्ट्रिय सभा उप-निर्वाचन : बागमतीमा ३४३ जनाले गरे मतदान, विवेकशीलका तीन सदस्यले मतदान गरेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय सभा उप-निर्वाचन : बागमतीमा ३४३ जनाले गरे मतदान, विवेकशीलका तीन सदस्यले मतदान गरेनन्

मकवानपुर । राष्ट्रिय सभा सदस्यअन्तर्गत रिक्त दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचानमा तीन सय ४३ मत खसेको छ । हेटौंडा उपमहानगरपालिका-८ मा रहेको औद्योगिक क्षेत्रमा बिहानबाट मतदान सुरू भएको थियो । बुधबार दिउँसाे ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका एक सय नाै सदस्यमध्ये एक सय ६ जनाले मतदान गरेका हुन् ।

यस्तै, स्थानीय तहका दुई सय ३७ जना जनप्रतिनिधिले मतदान गरेका छन् । निर्मावाचनमा विवेकशील साझा पार्टीका तीन सदस्यले भने पार्टीको निर्णयअनुसार मतदान गरेनन् । आजै साँझ ४ बजेपछि मतगणना सुरू गरिने र बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ । रिक्त राष्ट्रिय सभा सदस्य दुई पदका लागि बागमतीबाट ६ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन् । 

यस्तै, प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यबीच प्रतिस्पधाृ भएको हो । नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);