राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा शत प्रतिशत मत खस्यो, मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा शत प्रतिशत मत खस्यो, मतगणना जारी

धनगढी । राष्ट्रिय सभाको तीन सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा शत प्रतिशत मतदान भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन अपरान्ह ३ बजेसम्म चलेको थियो ।

सो समयमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २२७ मतदाता मतदानमा सहभागी भएका प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमदत्त भट्टले बताए । उनका अनुसार अपरान्ह ३ बजेबाट मतगणना भएको छ । प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको छ । 

पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्र अन्य, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका मदनकुमारी (गरिमा) शाह र दलितमा नेकपा माओवादीका जगत पार्की उम्मेदवार छन् ।

त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार रहेका छन । राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);