चुनावको रौनक छैन धराने सुकुम्बासीलाई, भन्छन् - 'दलले भोट बैंकका रुपमा प्रयोग गरेको छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चुनावको रौनक छैन धराने सुकुम्बासीलाई, भन्छन् – ‘दलले भोट बैंकका रुपमा प्रयोग गरेको छ’

dharane sukumbasi

बसन्त बान्तावा

सुनसरी, २ मंसिर । उप–निर्वाचन नजिकिदै गर्दा सुनसरीको धरानमा सुकुम्बासी, गरिव, असहायलगायतलाई चुनावको रौनक खासै छाएको छैन । प्रत्येक चुनाबमा दलहरुले सुकुम्बासी समस्याको अन्त्य गर्ने आश्वासन बाड्ने गरेका छन् । तर अझैसम्म समस्या ज्यूँकात्यूँउ रहेको र सुकुम्बासीहरुलाई राजनीतिक दलहरुले भोट बैंकका रुपमा मात्र प्रयोग गर्ने गरेको उनीहरुको गुनासो छ ।

उपनिर्वाचनको मिति मंसिर १४ नजिकिदै छ । दलहरुले धरानमा रिक्त रहेको मेयर पदको लागि हुने उपनिर्वाचनलाई लक्षित गरी चुनावी प्रचारलाई तिब्रता दिएको छ । मेयर पदको लागि १० जना स्वतन्त्रसंगै २३ जनाको उम्मेद्वारी परेको छ । चुनावका बेला प्रत्येक दलहरुको घोषणा पत्रमा सुकुम्बासी समस्यालाई जोडतोडका रुपमा उठाएका हुन्छन् । तर, जितेर गएपछि त्यो समस्या बेवास्ता गर्ने गरेको स्थानीयहरुको गुनासो छ ।

यस भन्दा अघि निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले सुकुम्बासी समस्याको विषयमा खासै ध्यान नदिएको उनीहरुको गुनासो छ । विगतको स्थानीय चुनाबमा सुकुम्बासी व्यवस्थापन, शिक्षा, स्वास्थ्य, स्वरोजगार, भौतिक पूर्वाधार विकास लगायतमा ध्यान नदिएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।

आफ्नो गाउँको विकास हुनेमा भने अझै पनि उनीहरु अझै आशाबादी नै छन् । धेरै काम नगरिदिएपनि बर्षेनी दुःख दिने सर्दुखोला र सेउती खोलामा तटबन्ध निर्माण भए पुग्ने उनीहरुको माग छ ।

धरानमा करिब १२ हजार घरधुरी सुकुम्बासी छन् । पटक–पटक भोट हालिसकेका उनीहरुले यसपटक भने सोचेर बुझेर मात्र मत दिने बताउँछन् । सुकुम्बासी समस्या, गरिब, विपन्न, सिमान्तकृत समुदायको व्यवस्थापनको लागि जनप्रतिधिनिहरुले जितेर गएपछि बेवास्ता गर्ने परिपाटीको अन्त्य हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);