बम पड्काएर आतंकित पार्न खोज्दैमा चुनाव रोकिन्न : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उदयपुर, १६ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर नागरिकलाई आतंकित पार्न खोज्दैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

गाईघाटको थारुहट रंगशालामा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ ।

बम पड्काउनेहरुले आफैँले नभई कसैको इसारामा बम पड्काउने काम गरेकाले बम पड्कँदैमा चुनाव रोकिन्न ।  तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई/चारवटा बम पड्कदैमा रोकिन्न ।

निर्दोष जनता र उम्मेदवारलाई लक्षित गरी बम नहान्न ओलीले आग्रह गरे । तीन करोड नेपालीको चाहना निर्वाचन भएकाले भय रहित तरिकाले निर्वाचन हुनुपर्नेमा उनले जोड दिए ।

निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यसँग कसैले पनि खेलबाड नगर्न  ओलीले चेतावनी दिए। सोही सभामा बोल्दै अध्यक्ष ओलीले चुनाव लगत्तै एमाले र माओवादीबीच पार्टी एकता हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);