ममाथि बम प्रहार गर्नेलाई चुनावपछि मात्र सार्वजनिक गर्छु : यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाण्डौँ, १७ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई लक्षित गरी बम प्रहार गराउने व्यक्तिलाई आफूले राम्रोसँग चिनेको बताएका छन् ।

धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको धनुषाको फूलगामास्थित चुनावी सभामा सहभागी भएर राजविराजतर्फ फर्किने क्रममा शनिबार अध्यक्ष यादवलाई लक्षित गरेर बम प्रहार गरिएको थियो ।

आफूलाई लक्षित गरी बम पड्काउने मान्छेलाई आफूले चिने पनि चुनाव पछि मात्रै उक्त व्यक्तिको नाम सार्वजनिक गर्ने यादवले बताए । बम यादव सबार गाडी भन्दा केहि मिटर पर पड्किएकाले उनी सुरक्षित रहन सफल भएका हुन् ।

पछिल्लो समय बढिरहेको बम विष्फोटका घटनाले मुलुकमा सरकार भएको अनभुत गर्न नसकिने उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);