प्रधानमन्त्री देउवा र उनकी पत्नी चुनाव लड्ने क्षेत्रका प्रहरी प्रमुख हेरफेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, ७ मंसिर । निर्वाचनको मुखमा निर्वाचन आचारसंहिता विपारीत प्रहरी उच्च अधिकारीहको सरुवा भएको छ ।

गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा बुधबार बसेको मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी सरुवा गरेको हो । प्रधानमन्त्री देउवा ७ नम्बर प्रदेश अन्तर्गत डडेलधुराबाट र उनकी पत्नी आरजु देउवा कैलालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन् ।

७ नम्बर प्रदेशका प्रमुख एआइजी विजय भट्टलाई सचिवालयमा तानेर बुधबारै डिआइजीबाट एआइजी बढुवा भएका माधव नेपाललाई सात नम्बर प्रदेशमा पठाइएको छ ।

त्यस्तै ५ नम्बर प्रदेश प्रमुख एआइजी मिङमार लामालाई हेडक्वाटर तानेरे बुधबारै डिआइजीबाट एआइजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी र माधव नेपालसँगै हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको थियो ।

मन्त्रिपरिषदको बैठकले बागलुङ र नुवाकोट प्रहरी प्रमुखको पनि सरुवा गरेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);