नाकाबन्दी गर्ने युगको अब अन्त्य भयो: अध्यक्ष अ‍ोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भैरहवा, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बाहानामा नेपालमाथि नाकाबन्दी गर्ने युगको अब अन्त्य भएको दाबी गरेका छन् ।

भारतसँग कांग्रेसले सम्बन्ध बिग्रेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको भन्दै उनले चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको बताए।

‘मैले जब चीनसँग पारवहन लगायतका सम्झौता गरे त्यसदेखि नाकाबन्दीको युग सकियो, नेपाल चीन र भारत दुबै तर्फबाट समुन्द्रसँग जोडिएको छ,’ उनले भने।

लोकतन्त्रलाई संस्थागत गर्दै परराष्ट्र नीतिको पुनरावलोकनको काम निर्वाचनपछिको बाम गठबन्धनको बलियो सरकारले गर्ने ओलीले बताए।

बाम गठबन्धनले बुधबार रुपन्देहीको बुटवलमा गरेको चुनावी सभामा बोल्दै ओलीले निर्वाचन पछि छिमेकीसंग हैसियत अनुसारको सम्बन्ध विस्तार गर्दै दीर्घकालीन सोचका साथ बलियो सरकार बन्ने दाबी गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);