देउवाप्रति ओलीको कटाक्ष 'अब प्रतिपक्षमा तपाई बस्नुस्, सकिनुस्' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २३ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रकै लागि आधा शताब्दी लड्नेहरुबाट लोकतन्त्र खतरामा छ भन्नु हास्यास्पद भएको जिकिर गरेका छन् ।

विहीवार काठमाण्डौँ निर्वाचन क्षेत्र ४ मा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले प्रधानमन्त्री देउवा र उनको पार्टी भ्रमको खेती गर्न लागेको भन्दै त्यस्तो भ्रमको पछि अब जनता नलाग्ने दाबी समेत गरे ।

प्रधानमन्त्री देउवाले केही दिन अघि अब प्रतिपक्षहरु सकिने भन्दै दिएको अभिव्यक्तिमाथि प्रतिउत्तर दिँदै ओलीले भने– ‘उहाँको मुखमा दूधभात, निर्वाचनपछि हामी सरकारमा बस्छौँ, त्यसबेला तपाई प्रतिपक्षमा बस्नुस्, सकिनुस् ।’

ओलीले अब स्मार्ट भिलेज बनाउन स्मार्ट नागरिक हनुपर्ने भन्दै त्यसका लागि बाम गठबन्धनले अघि सारेका योजना कार्यन्वयन गर्न जरुरी रहेको बताए । उनले अब जागरणको युग सुरु भएको भन्दै शहीदहरुका सपना पुरा गर्न र नेपालको सम्बृद्धिमा सबैको साथ जरुरी रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);