निर्वाचन नजिकिएसँगै गोरखा -२ चर्चामा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

निर्वाचन नजिकिएसँगै गोरखा -२ चर्चामा

गोरखा, ६ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै गोरखा क्षेत्र नम्बर २ चर्चामा रहेको छ । हेवीवेट उम्मेदवारहरु डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिष्पर्धीका रुपमा चुनावी मैदानमा छन् । मतदातालाई आफुतिर तान्न उनीहरु अन्तिम कसरत गरिहेका छन् ।

दुबै उम्मेदवारले चुनावी प्रचार प्रसारको अन्तिम दिन नजिकिँदै गर्दा पछिल्ला मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रामक रुपमा अघि बढाएका छन् । नेकपा माओवादी केन्दमा रहँदा सहयात्री रहेका यी दुइ नेता अगल अलग पार्टीबाट चुनावी मैदानमा छन् । डाक्टर भट्टराइलाई नेपाली काँगेसले साथ दिएको छ भने श्रेष्ठलाई नेकपा एमालेले साथ दिएको छ ।

एकअर्का बिरुद्ध व्यक्तिगत रिसिबी तथा तिक्तता नभएको बताउने दुवै नेताका बीच चुनावी मैदानमा भने चर्को तिक्तता देखिएको छ । चुनावी सभा र घरदैलो अभियानमा गरेका भाषण र अभिव्यक्तिले दुबै नेता एकले अर्कोलाई पराजित गर्न भरपुर प्रयास गरिरहेका छन् । एकले अर्कोको अस्तित्व अस्वीकार गर्दै दुवै प्रभावशाली नेताले आफू विकासप्रेमी भएको दाबी गरिरहेका छन् ।

मतदाताले भट्टराई र श्रेष्ठ दुवै जिल्ला र देशलाई आवश्यक पर्ने नेता भएको प्रतिक्रिया दिइरहेका छन । गोरखा २ चर्चाको शिखरमा पुग्नुको अर्को कारण पनि छ । सशस्त्र द्वन्द्वको समयमा कांग्रेसको आलोचक रहेका डाक्टर भट्टराई अहिले नेपाली काँग्रेसको साझा उम्मेदवार बनेर अगाडि आएका छन ।

यता जनयुद्ध धोका हो भन्दै सशस्त्र द्वन्द्वमा नगएका नारायणकाजी श्रेष्ठ सशस्त्र द्वन्द्व छेडेको माओवादी पार्टी र द्वन्द्वकै कटुआलोचक एमालेको साझा उम्मेदवार बनेका छन् । एघार वटा स्थानीय तह रहेको गोरखामा नौ वटा तहको प्रमुख पद नेपाली काँग्रेसले जितेको छ भने दुइवटामा माओवादी केन्दले जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);