काठमाडौं उपत्यकामा प्रदुषण बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा प्रदुषण बढ्दो

pollution

 विहान बेलुकाको समयमा सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । बुधबार मात्र उपत्यकामा प्रदुषणको मात्रा ६५ देखि ७० माइक्रोन मापन गरिएको छ । यो बर्षको अन्त्यसम्ममा प्रदुषणको मात्रा १ सय ३० सम्म पुग्ने अनुमान गरिएको छ ।

प्रदुषण नियन्त्रणका लागि प्रभावकारी कदम नचालिँदा काठमाडौं उपत्यकामा दिन प्रतिदिन प्रदुषण बढ्दो छ । सडक, ढल, खानेपानी योजना लगायत भैतिक संरचना निर्माणका क्रममा समेत प्रदुषण नियन्त्रणमा ध्यान नदिइँदा झनै समस्या थपिएको छ ।

हावामा मिसिएका धुलोको २ दशमलव ५ माइक्रोनभन्दा कम व्यास भएका मसिना कणलाई पिएम २ दशमलव ५ भनिन्छ । यस्ता कण नाकको रौँंलेसमेत रोक्न सक्दैन । कपालको मोटाइभन्दा पनि निकै साना यस्ता कणहरु सोझै श्वासप्रश्वासका क्रममा फोक्सामा पुगेर टाँसिने गर्दछ ।

विहान ५ बजे देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ८ बजेसम्म बढी प्रदुषण

विहान बेलुकाको समयमा उपत्याका यस्ता कण अत्याधिक रहने वातावरण विभागको तथ्याङक छ । विशेष गरी विहान ५ बजे देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ८ बजेसम्म बढी प्रदुषण हुने बातावरण विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा प्रदुषणका कारण श्वासनली साँघुरिने रोग सिओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ । संगठनको तथ्याङ्क अनुसार नेपालको सहरी क्षेत्रमा बाह्य प्रदुषणको कारण वार्षिक ९ हजार मानिसको मृत्यु हुन्छ ।

ग्रामीण क्षेत्रमा दाउरामा खाना पकाउने गरेको कारण झनै भयावह अवस्था रहेको जनाइएको छ । प्रदुषणको कारण मुटु रोग, निमोनिया, आज्मा, हृदयघात जस्ता रोगका बिरामी बढ्दै गएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१५ मा गरेको अध्ययनले काठमाडौँको हावामा भेटिएका धुलोका यस्ता मसिना कणलाई बजारमा पाइने कपडाका मास्कले समेत छेक्न नसकेको देखाएको थियो ।

परिषद्ले धुलोको कणबाट जोगिन कम्तिमा सर्जिकल मास्क वा एन ९५ भन्ने विशेष खालको मास्क प्रयोग गर्न सुझाव दिएको छ । साथै जाडो महिनामा आगो नबाल्ने तथा फोहोरहरु नजलाउने तथा सरकारले विद्युतीय गाडी प्राथमिकता दिने हो भने प्रदुषण कम गर्न सकिने विज्ञहरुको भनाइ छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);