काठमाडौंमा तोकिएको स्तरभन्दा ५ गुणा बढी वायू प्रदुषण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौंमा तोकिएको स्तरभन्दा ५ गुणा बढी वायू प्रदुषण

Kathmandu pollution

फूलमाया आले
काठमाडौं, १८ माघ । काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा दिनानुदिन बढ्दै गइरहेको छ । यस वर्ष उपत्यकामा तोकिएको स्तरभन्दा ५ गुणा बढीसम्म वायू प्रदुषण बढेको छ । प्रदुषणको मात्रा बढ्दै गए पनि सरकारले नियन्त्रणको प्रयास भने गरेको देखिँदैन ।

प्रदुषण नियन्त्रणका लागि प्रभावकारी कदम नचालिँदा काठमाडौं उपत्यकामा दिन प्रतिदिन प्रदुषण बढ्दो छ । सडक, ढल, खानेपानी योजना लगायत भैतिक संरचना निर्माणका क्रममासमेत प्रदुषण नियन्त्रणमा ध्यान नदिइँदा झनै समस्या थपिएको छ । हावामा मिसिएका धुलोको २ दशमलव ५ माइक्रोनभन्दा कम व्यास भएका मसिना कणलाई पिएम २ दशमलव ५ भनिन्छ । यस्ता कण नाकको रौँंलेसमेत रोक्न सक्दैन । कपालको मोटाइभन्दा पनि निकै साना यस्ता कणहरु सोझै श्वासप्रश्वासका क्रममा फोक्सामा पुगेर टाँसिने गर्दछ ।

सरकारले करोडौ रुपैयाँ खर्च गरेर नेपालका विभिन्न १२ स्थानमा वायू गुणस्तर मापन यन्त्र जडान गरेको छ । काठमाडौ उपत्यकामा रत्नपार्क, पुल्चोक, शंखमुल, भक्तपुर, किर्तिपुर, भैसेपाटी, धुलिखेल गरी ७ स्थानमा सरकारले यस्ता यन्त्र जडान गरेको छ । एउटा यन्त्र जडान गर्न कम्तीमा १ करोड भन्दा बढी लाग्छ । किर्तिपुरबाहेक सबै यन्त्रले काम गरिरहेको वातावरण विभागले जनाएको छ । यन्त्रले प्रदुषणको मात्रा बढ्दै गएको देखाएको छ । तर प्रदुषण नियन्त्रणमा सम्बन्धित निकायले चासो देखाएका छैनन् । मेलम्ची खानेपानी आयोजना तथा अन्य विकास निमार्णका लागि खनिएका स्थानबाट उत्पन्न धुलोका साथै सवारी साधनले फाल्ने धुवाँ दीर्घकालिन समस्या बन्दै गइरहेको विभागको भनाइ छ ।

सरकारले वातावरण विभागलाई वायू प्रदुषणको मापन गर्ने मात्र जिम्मेवारी दिएको छ । प्रदुषण बढाउने सवारी साधन तथा अन्य निकायलाई कारबाही गर्ने अधिकार दिएको छैन । यदि सरकारले विभागलाई कारबाही गर्ने अधिकार दिए उपत्यकाको प्रदुषणको मात्रा कम गर्ने विभागले दाबी गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);