नेपालको भूमि मिचेर भारतले सडक निर्माण गरेको भन्दै झापाबासी आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालको भूमि मिचेर भारतले सडक निर्माण गरेको भन्दै झापाबासी आक्रोशित

झापा, १८ माघ । दशगजा क्षेत्रमा नेपालतर्फको भूमि मिचेर भारतीय पक्षले सडक निर्माण गरिरहेको भन्दै झापाबासी आक्रोशित बनेका छन् । उनीहरुले सिमा सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।

नेपाल र भारत सिमाको १ सय २७ देखि १ सय २९ नम्बर पिलरसम्मको दशजगा क्षेत्रमा भारतले अहिले सडक निर्माण गरिरहेको छ । त्यसक्रममा भारतीय पक्षले नेपालतर्फको भूमि मिच्ने क्रम पनि रोकेको छैन । अन्तर्राष्ट्रिय कानून तथा दुई देशबीचको सम्झौता अनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न, बसोबास गर्न पाइँदैन । तर, भारतीय पक्षले दशजगा क्षेत्रको मध्य भागमा नेपालतर्फको भूमिमा पर्ने पिचबाटो निर्माण कार्य तीव्र पारेको हो । भारत सरकारको योजना अनुसार नै दशगजा क्षेत्रमा सडक निर्माण भइरहेको भारतीय पक्षको दाबी छ ।

बाह्रदशी गाउँपालिकाबासीले भने अन्तर्राष्ट्रिय कानून र नेपाल–भारतबीचको सहमतिविपरित सडक निर्माण भइरहेको बताएका छन् । उनीहरुले नेपाल तर्फका सरकारी निकाय मुकदर्शक भएको आरोपसमेत लगाए ।  इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक नेत्रविक्रम रानाले भारतीय पक्षले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको थाहा पाएपछि आफूहरुले सम्बन्धित निकायमा जानकारी गराएर सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेको बताए । तर, भारतीय पक्षले अटेर गरेको उनको भनाइ छ ।

कचनकवल गाउँपालिकाकै वडा नम्वर १ मा सिमा सुरक्षाको लागि सशस्त्र प्रहरीको बेस क्याम्प छ । तर, सशस्त्र प्रहरीको टोली दशगजा क्षेत्रमा भइरहेको भारतीय गतिविधिबारे भने वेखबर जस्तै बनेर बसेको छ । स्थानीय जनप्रतिनिधिले सिमा सुरक्षााबारे चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);