अनुमतिबिनै भारतले बनायो सीमामा पुल र बाटो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनुमतिबिनै भारतले बनायो सीमामा पुल र बाटो

दार्चुला, १७ फागुन ।  ब्यास गाउपालिका १ र २ मा भारतीय पक्षले नेपालको अनुमति विना महाकाली नदीको सीमा क्षेत्रमा अस्थाई पुल र हेभि क्युमेन्ट गुड्ने बाटो बनाएको छ।

ब्यास गाउपालिकाको घाटीबगडदेखि दोपख्यासम्मको उक्त क्षेत्रमा ४ वटा काठका अस्थाई पुल र करिब डेढ सय मिटर हेभि क्युमेन्ट गुड्ने सडक ट्याक र दुई किलोमिटर जतिको पैदल मार्ग बनाएको छ। तर, प्रशासनका अनुसार उक्त क्षेत्रमा ८ सय मिटरको दुरीमा ४ वटा काठका अस्थाई पुल र करिब डेढ सय मिटर दुरीको हेभि क्युमेन्ट गुड्ने बाटो बनाएको प्रशासनले जनाएको छ।

भारतीय पक्षले घाटीबगडदेखि करिब डेढ सय मिटर हेभि क्युमेन्ट जाने बाटो र घाटीबगड, तम्बाकु, थिकोभेल र दोपखेमा काठका अस्थाई पुल निर्माण गरेको छ। नेपाल भारत सीमा क्षेत्रमा यति ठूलो कार्य गराउदासम्म प्रशासनले सुईको समेत पाउन सकेको थिएनन्। कुन मितिमा पुल र बाटो निर्माण गरेको बारेमा नेपाली पक्षलाई यकिन जानकारी नभएको र कहिले निर्माण गरेको रैछ भनी बुझिरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

नेपाल प्रहरीको अस्थाई दुम्लिङ पोष्टले सीमा क्षेत्रमा पुल र बाटो निर्माण गरेको फागुन १० गते थाहा पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली यर्थात् बुझ्न उक्त ठाउमा पठाउदा भारतीय पक्षले महाकाली नदीबाट ३ वटा डोजर तारेर करिब डेढ सय मिटरको दुरी परबाट भारतीय ठाउमा पु¥याई सकेको देखियो।

भारतले २०१८ भित्र लिपुलेकसम्म सडक मार्ग निर्माण गर्ने लक्ष्य अनुसार सडक निर्माण कार्यलाई तिव्रता दिईरहेको हुनाले उक्त सडक खण्डमा निर्माण आफ्नो तर्फ कडा चट्टान भएकाले हेभि निर्माण क्युमेन्ट र सामग्री ढुवानीका लागि नेपाली भुमि प्रयोग गर्न खोजिरहेको छ।

यसका लागि फरवरी ३ तारिकमा भारतीय प्रशासनले आफ्नोतर्फको सडक निर्माणका क्रममा पहिरो (भुस्खनन् र ल्यानसलाईड) का कारण कैलाश मानसरोवर पैदल मार्ग विभिन्न ठाउमा अवरुद्ध भएको र विशेष गरी कैलाश मानसरोवर यात्रुहरुको आवतजावतमा सहजताका लागि र सडक मार्ग निर्माण गर्न आफ्नो क्षेत्रबाट हेभि क्युमेन्ट पल्लो साईटमा लैजान नसकिने हुदा नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति माग गरेको जिल्ला प्रशासनले जनाएको छ।

भारतीय पक्षको पत्र आएपछि अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफूले यसबारे निर्णय गर्न नसक्ने भन्दै गृह मन्त्रालयको अनुमति माग गर्न उक्त पत्रलाई माघ २१ गते गृह मन्त्रालय पठाएको र गृहको अनुमति अहिलेसम्म प्राप्त नभएको र नेपाली प्रशासनलाई पत्राचार तथा छलफल गर्ने र यताको सहमति विना पुल र बाटो निर्माण गर्ने कार्य भारतीय पक्षले गरेको भेटियो।

प्रजिअ गौतमले भने, ‘नेपाली पक्षको सहमती बेगर सीमा पुल र बाटो निर्माण गरेको सूचना आफूले पाएलगत्तै तहसिल कार्यालय धारचुलाका उपजिल्लाधिकारी (एसडिएम) आर.के पाण्डेलाई बुझ्दा गत विगतका वर्षमा नेपालको भुमि प्रयोग गरेर डोजर र निर्माण सामग्री ढुवानी गरेको र यसपाली भने आफूलाई त्यस बारे जानकारी नभएको जस्तो अनविज्ञता प्रकट गरेको छ।

सीमाक्षेत्रको पछिल्लो यो घटनाबारे आफूले गृह मन्त्रालयमा जानकारी गराएको उनको भनाई छ।पुल र बाटो निर्माण गरिसकेपछि भारतीय पक्षले औपचारिकता निभाउनका लागि जिल्ला प्रशासनलाई अनुमतिका लागि मात्र पत्राचार गरेको जस्तो बाहिरी बुझाई रहेको देखिन्छ।

त्यस लगत्तै तत्काल दुईवटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरी नेपाली पक्षसंग छलफल गरेको प्रशासनले जनाएको छ। उक्त ठाउमा भारतीय पक्षले काठेपुल र बाटो निर्माण गरिसकेको हुनाले त्यस क्षेत्रको निगरानी गरिरहेको दार्चुलाका डिएसपी जनकबहादुर शाहीले बताए।

‘महाकाली तटीय क्षेत्र लालीदेखि राप्लाको दुम्लिङका सबै बस्ती भारतमा निर्भर भएको हुदा आफूले त्यसको तत्काल एक्सन लिन सकिएर पुल भत्काउन र बाटो बन्द गर्न सकिन्थ्यो’ प्रजिअ गौतमले भने, ‘त्यसको असर तुईन, ट्युब र चालु भारतसित जोडिएका नाकाहरुमा पर्छ।’ सीमामा आवतजावत गर्न तुइन र ट्युब प्रयोग गर्नु नेपालीको बाध्यता भएजस्तै महाकालीमा अस्थायी काठेपुल बनाएर नेपाली बाटो हिड्नुपर्ने बाध्यता भारतीय नागरिकको रहेको भारतीय पक्षको भनाई छ।

राज्य संचालन गर्ने मुख्य नेता तथा विशिष्ट व्यक्तिहरुको जिल्ला भ्रमणका बेला सीमा क्षेत्रमा स्थायी रुपमा सुरक्षाकर्मी राख्न पटक–पटक माग गरिएको प्रशासनले जनाएको छ। सीमा निगरानी उक्त क्षेत्रमा आवतजावत गर्ने मानिसहरुलाई सुरक्षार्थ स्थायी रुपमा सुरक्षा राख्नपर्ने माग र आवश्यकता भएपनि माथिल्लो स्तरमा अहिलेसम्म ठोस कदम नचालिएको प्रजिअ गौतमको भनाई छ।

भारतको एसडीएम कार्यालयले आइतबार फागुन २१ गते पिथौरागढमा सीमा बारे छलफल गर्ने निर्णय गरेको छ। नियमित एजेण्डाका साथै नेपाली भूमि भएर कैलाश मानसरोवर यात्राको नया एजेण्डा पनि बैठकका लागि प्रस्ताव गरिएको प्रजिअ गौतमले बताए। उक्त बैठकमा यो विषयलाई नेपाली पक्षबाट प्रमुख एजेण्डा बनाउने र सदरमुकाम खलंगाको पारिपट्टीको खोतिला पहिरोलाई वर्षात अगावै हटाउन लगायत अन्य नियमित बैठकका एजेण्डा बनाईरहेको जनाए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);