होलीलाई लक्षित गरेर उपत्यकामा ५ हजार सुरक्षाकर्मी तैनाथ | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

होलीलाई लक्षित गरेर उपत्यकामा ५ हजार सुरक्षाकर्मी तैनाथ

police

काठमाडौं, १७ फागुन । उपत्यकाको होलीलाई लक्षित गरेर प्रहरीले पाँच हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीका अनुसार महागनरीय प्रहरी परिसर काठमाडौंले ३ हजार पाँच सय, ललितपुर परिसरले ४ सय र भक्तपुर परिसरले ४ सय ५ सुरक्षाकर्मी होलीलाई लक्षित गरी परिचालन गरेकाे हो ।

काठमाडौं परिसरमा परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । ललितपुर र भक्तपुरमा भने सम्बन्धित ड्युटी अफिसरको कमान्डमा सुरक्षाकर्मी परिचालनमा रहनेछन् ।

काठमाडौं परिसर प्रमुख एसएसपी पोखरेलले होली पर्व सुरक्षाका लागि पिकेट, सिभिल र मोबाइल गस्तीमा चौबिसै घन्टा प्रहरी खटिने बताए । उनका अनुसार होलीका नाममा उच्छृंखल गतिविधि गर्नेलाई कडा कारबाही गरिनेछ । उनले भने, ‘होली पर्वका लागि व्यापक प्रहरी परिचालन हुनेछन् । कसैले पर्वका नाममा उच्छृंखल गतिविधि गरे पक्राउ गरेर कडा कारबाही गरिनेछ ।’

प्रहरीका अनुसार होलीमा जबर्जस्ती रङ तथा लोला हान्ने, मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने र सवारीसाधन चलाइनेलाई नियन्त्रणमा लिइनेछ ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);