मोदीको नेपाल भ्रमणमा ११ हजार सुरक्षाकर्मी खटिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोदीको नेपाल भ्रमणमा ११ हजार सुरक्षाकर्मी खटिने

modi

काठमाडौं, २२ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र र नेपाली सेनाका ३-३ हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिँदै छन्। काठमाडौं उपत्यका, जनकपुर, मुक्तिनाथ र आसपासका क्षेत्रसहित र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यो संख्या भारतीय सुरक्षाकर्मीबाहेकको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा गृह मन्त्रालयको संयोजनमा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। मोदी भ्रमणलाई केन्द्रित गरेर हरेक दिन सुरक्षा निकायका अधिकारीबीच सुरक्षा तयारी र सम्भावित चुनौतीका विषयमा छलफल हुने गरेको पनि उनले जानकारी दिए।

नेपाली सेनाका उपरथी, सशस्त्र र नेपाल प्रहरीबाट प्रहरी नायब महानिरिक्षक (डीआईजी)को कमान्डमा सुरक्षा फोर्स परिचालन हुने निधो भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। ‘केही दिन अघिदेखि काठमाडौं र उपत्यकाबाहिर प्रत्यक्ष-अप्रत्यक्षरूपमा सुरक्षाकर्मी परिचालन भएका छन्, उच्चस्तरीय भ्रमण भएकाले भ्रमणको मिति आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुनेछन्।’

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);