टालटुले कोसी ब्यारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

टालटुले कोसी ब्यारेज

koshi barrage

राजविराज, २२ बैशाख । कोसी ब्यारेजको आयु सकिएको ६ वर्ष बितिसकेको छ । सप्तकोसी नदीको पानी नियन्त्रणका लागि बनाइएको ब्यारेजका ढोकाहरूमा बर्सेनि समस्या आइरहेको छ । तर भारतीय कोसी योजनाका अधिकारीले नियमित रंगरोगन गर्ने गरे पनि ब्यारेजको पूर्ण मर्मतसम्भार गरेका छैनन् ।

कोसीको पानीले दुवै देशमा उत्पात मच्चाउन थालेपछि नेपाल र भारतबीचको सहमतिअनुसार सन् १९५२ मा निर्माण सुरु भई सन् १९६२ बाट कोसी ब्यारेज सञ्चालन भएको हो । भारतको पश्चिम बंगाल राज्यअन्तर्गत कोलकाताको जोसेफ एन्ड कम्पनीले निर्माण गरेको ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो ।

त्यसअनुसार सन् २०१२ मै ब्यारेजको आयु सकिएको छ । आयु सकिनासाथ यसका विभिन्न संरचनामा हरेक वर्ष समस्या देखिइरहेका छन् । चार वर्षअघि ब्यारेजको १२ नम्बर ढोका क्षतिग्रस्त भयो । यस्तै बर्सेनि ढोकासहितका संरचनामा समस्या उत्पन्न भइरहेको छ । तर भारतीय कोसी योजनाका अधिकारीहरू सधैं टालटुल गरेर ब्यारेज सञ्चालन गरिरहेका छन् ।

भारतीय अधिकारीले भने ब्यारेजका संरचना निर्माण भएको ५६ वर्ष भइसके पनि तत्काल कुनै खतरा नआउने दाबी गरिरहेका छन् ।

सुनसरी र सप्तरीको सीमामा रहेको कोसी ब्यारेजको पुल पनि पछिल्लो समय उच्च जोखिममा परेको छ । पुलको तल्लो भागमा पीपलका बोटहरू उम्रिएका कारण उच्च जोखिममा परेको प्राविधिकले बताए । ती रूख बढदै गइरहेका छन् । रूख र जरा बढदै जानु पुलका लागि जोखिमपूर्ण भएको प्राविधिकहरूको भनाइ छ । कोसी सम्झौताअनुसार कोसी ब्यारेजको नियन्त्रण, पुनर्निर्माण, मर्मत र सफाइलगायत काम बिहार सरकारको कोसी योजनाले गर्नुपर्ने हो । योजनाले पुल सफाइकै लागि लाखौं रुपैयाँ बजेटसमेत छुट्याउने गरेको छ । तर कर्मचारीले जथाभावी उम्रिएका रूखसमेत हटाएका छैनन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);