नेपालीले भत्काइदिए भारतले बनाएको पुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालीले भत्काइदिए भारतले बनाएको पुल

pool india

दार्चुला, १५ चैत । भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन् । गत फागुनमा भारतले नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् । भारतले सडक निर्माण समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ वटा पुर र हेभी इक्विपमेन्ट गुड्ने करिब डेढ सय मिटर ट्रयाक बनाएको थियो । समाचारमा लेखिएको छ, उसले सोही क्षेत्रमा दुई किलोमिटर पैदल मार्गसमेत निर्माण गरेको थियो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);