नेपाली भूमिमा क्षति पुग्ने गरी भारतमा सडक निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपाली भूमिमा क्षति पुग्ने गरी भारतमा सडक निर्माण

sadak

दार्चुला, ५ जेठ । दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।

विस्फोटकका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस १ का दानसिंह तिंकरीले बताए । तिंकरीका अनुसार व्याँस २, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । यो समाचार नागरिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);