समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा

blocklist

काठमाडौं, ५ जेठ । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् । कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, एमके थ्रिस्टी जेभी, नेपाल स्वाभिमान प्रालि, नेसनल बायोमेडिकल प्रालि, सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड, चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र दिनेश कन्स्ट्रक्सन छन् ।

ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

ताजा समाचार