चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो

goli parahar

बाँके, ५ जेठ । पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली चलाएको हो ।

भारतीय नागरिक देवीदिन विक शुक्रबार नरैनापुरमा चरेससहित पक्राउ परेका थिए । उनलाई छुटाउन सीमापारिकाकाश सापकोटाले बताए । देवीदिनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । गोली चलाइए पनि दुवैतर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक र प्रहरीको झडपले दिनभर त्यस क्षेत्रबाट प्रदेशसभामा निर्वाचित कृष्णा केसी पनि घेराबन्दीमा परिन् । सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किने क्रममा सीमापारिका मान्छे आएर भारतीय नागरिक नछुटाएसम्म कतै जान नदिने धम्की दिँदै घेराबन्दीमा पारेको उनले बताइन् । उनलाई चार घण्टा घेराबन्दीमै राखिएको थियो । सबै घरेलु हतियारसहित थिए, उनले भनिन्, अपराधी छुटाउने मेरो अधिकारको कुरा थिएन, त्यो प्रशासनले अनुसन्धान गर्ने हो भन्दा स्थिति झनै डरलाग्दो बन्यो ।

राति पौने १० बजे जिल्लाबाट थप सुरक्षा गएपछि मात्र स्थिति नियन्त्रणमा आएको उनले बताइन् । नरैनापुर गाउँपालिका प्रमुख इस्तिहाक अहमद साहले भारतीय नागरिकको मनोमानीले यस क्षेत्रका सर्वसाधारणले असुरक्षित महसुस गरेको बताए । याे समाचार कान्तिपुर दैनिकमा छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);