टर्किस एयरलाइन्सबाट घर फर्कन लागेका जर्मन नागरिक ७ किलो चरेससहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

टर्किस एयरलाइन्सबाट घर फर्कन लागेका जर्मन नागरिक ७ किलो चरेससहित पक्राउ

काठमाडौं, २९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्मन नागरिक पक्राउ परेका छन् । करिब ७ किलो चरेससहित टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका पउल वेस्र्ट पक्राउ परेका हुन् ।

उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पउले ठुलो सुटकेशभित्र अन्य २ वटा सुट्केस राखेको र त्यो भित्र पनि कार्बनले बरेर चरेस लैजान खोजेका थिए ।

चेकजाँचको क्रममा उनको सुट्केसबाट चरेस बरामद भएको प्रहरीले जनाएको छ।

आइतबार लागुऔषध कारोबारीलाई विमानस्थल नजिकैबाट लागुपदार्थ नियन्त्रण टोलीले घुँडामुनी गोली हानेर नियन्त्रणमा लिएको थियो ।

Leave a Reply