२२ किलो चरेससहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २४ असोज । नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरोले २२ किलो चरेस र २ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको बल्खुबाट २२ किलो चरेस र २ किलो अफिमसहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तानलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

तामाङको साथबाट अफिम १ किलो, चरेस १२ किलो, नेपाली रुपैयाँ २ हजार र तौल गर्ने मेसिन १ थान तथा मोक्तानको साथबाट अफिम १ किलो, चरेस १० किलो, नेपाली रुपैयाँ ७ हजार र भारतीय रुपैयाँ ५८ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

तामाङ र मोक्तान दुवैले विगत लामो समयदेखि अवैध लागु औषधको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भईरहेको जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);