१३ लाख भारु सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१३ लाख भारु सहित २ जना पक्राउ

कपिलवस्तु, १८ असार । कपिलवस्तु प्रहरीले भारतीय नोट नेपाल ल्याउँदै गरेको अवस्थामा सीमा क्षेत्र कृष्णनरबाट १३ लाख भारु सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतीय नोट २ हजार तथा ५ सयका गरि १३ लाख १३ हजार सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक राजेन्द्र जाट र नेपालको कैलालीका महेन्द्र ओझा रहेका छन् ।

२२ किलो चरेस सहित ३ जना पक्राउ
यसैबीच कपिलवस्तु प्रहरीले २२ किलो चरेस सहित ३ जनालाई पनि पक्राउ गरेको छ । शिवराज नगरपालिका १ उमरी चोकबाट प्रहरीले मोटरसाइकलमा सवार ३ जनाको झोला जाँच गर्दा प्रहरीले ५५ पोकाबाट २२ किलो चरेस बरामद गरेको हो । पक्राउ पर्नेमा रोल्पा थवाङ्गका राजकुमार रोका, दाङ तुलसीपुरका आशिष खड्का र किरणप्रकाश बम रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);