वेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पारित

काठमाडौं, १८ असार । संघीय संसदले वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक २०७५ पारित गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकले वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको हो ।

विधेयक पारित गर्नु अघि संशोधनकर्ता सांसद प्रेम सुवालले राखेको जिज्ञासाको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने विधि बनाएर आयोगको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

संशोधनकर्ता सांसद सुवालले आयोगको म्याद एक वर्षभन्दा बढि थप नगर्ने व्यवस्था गर्न माग गरे । सोही प्रतिवद्धता पूरा गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री तामाङको भनाई थियो । सरकारले यस अघि अध्यादेशमार्फत् ल्याएको विधेयकलाई प्रतिस्थापनका लागि यो विधेयक ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);