सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा यी १२ कम्पनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा यी १२ कम्पनी

काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट्रक्सन कुरिनटार, पुष्कर प्रसाद गौतम नेतृत्वको अन्जना निर्माण सेवा भरतपुर चितवन, रानी कुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ वीरगञ्ज र शिवहरी पुडासैनी नेतृत्वको बी मेनेजमेन्ट प्रालि पोखरालाई पनि कालोसूचीमा राखेको छ ।

त्यस्तै, भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवा तीन वर्ष र अन्य एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।
गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान पनि कालोसूचीमा परेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);