पानीको बहाव बढेपछि महाकालीको पुलमा सवारी चलाउन रोक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पानीको बहाव बढेपछि महाकालीको पुलमा सवारी चलाउन रोक

mahakali

कञ्चनपुर, २७ साउन । अविरल वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा व्यारेजको पुलमा सवारी साधन चल्न रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेपछि शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमनमा रोक लगाइएको हो ।

भारतीय पक्षले पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमनमा रोक लागएको हो । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुुगेपछि भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्ने गरेको छ ।

महाकाली नदीमा पानीको बहाव आइतबार दिउँसो एक लाख ८ हजार क्युसेक मापन गरिएको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);