महाकालीकाे बनबासा पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महाकालीकाे बनबासा पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक

कञ्चनपुर, २७ असार । महाकाली नदिमा पानीको बहाव बढेपछि नेपाल भारत आवातजावत गर्ने बनबासा पुलमा ठुला सवारी साधन संचालनमा रोक लगाइएको छ ।

अविरल बर्षाका कारण पानीको बहाव बढेको भन्दै भारतीय पक्षले बनबासा पुलमा सवारी साधन संचालनमा रोक लगाएको हो । बुधबार साँझ महाकाली नदीमा पानीको बहाव २ लाख १५ हजार क्युसेक पुगेको छ ।

नदीमा १ लाख क्युसेक पानीको बहाव पुगेपछि खतरा मानिन्छ । नदीमा पानीको वहाव अत्यधिक भएपछि स्थानिय प्रसाशनले तटिय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन अपिल गरेको छ ।

नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वको टोलीले महाकाली नदीको अनुगमन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);