बाँच्ने र श्वास फेर्ने वातावरण सरकारले बनाउन नसकेको भन्दै बिरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाँच्ने र श्वास फेर्ने वातावरण सरकारले बनाउन नसकेको भन्दै बिरोध

फूलमाया आले

काठमाडौं, ५ पुस । काठमाडौं उपत्यकामा दिनप्रतिदिन वायू प्रदुषणको मात्रा बढ्दै गएको भन्दै युवा विद्यार्थीले मास्क मोभमेन्ट सञ्चालन गरी काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले बाँच्ने र श्वास फेर्ने वातावरण सरकारले बनाउन नसकेको भन्दै बिरोध गरे ।

काठमाडांै उपत्यकाको वायू प्रदुषण दिनप्रतिदिन बढ्दै गएकोले त्यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरेको भन्दै युवा विद्यार्थीले माक्स मुभमेन्ट सञ्चालन गरेका हुन् । स्वच्छ वायू लामो आयू, बाँच्न दे सरकार, स्वास फेर्न दे सरकार भनेर नारा लेखिएको माक्स लगाएर बिहिबार उनीहरुले सरकारको विरुद्धमा प्रर्दशन गरे ।

प्रदर्शहनपछि काठमाडाैं महानगरलाई ज्ञापनपत्र बुझाएका उनीहरुले निरन्तर रुपमा वातावरण विभाग, वातावरण मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाउने र अन्त्यमा हजाराैं विद्यार्थीलाई सहभागी गराएर वातावरण प्रदुषण घटाउन सिंहदरबार नै घेराउ गर्ने उनीहरुको भनाई छ ।

विद्यार्थीहरुले काठमाडांै महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई वायू प्रदुषण नियन्त्रण गर्न पर्यो भन्दै ज्ञापनपत्र हस्तान्तरण गर्ने भनिए पनि मेयर शाक्य कार्यालयमा उपस्थित नभएपछि उपमेयर हरिप्रभा खड्गीलाई महानगरको कार्यालय अगाडि सडकमा नै ज्ञापनपत्र हस्तान्तरण गरे ।

ज्ञापनपत्र बुझ्दै उपमेयर खड्गीले आफ्नो कार्यकालसम्ममा काठमाडांै महानरको धुलो धुँवा अन्त्य गर्ने आश्वासन दिइन् । वर्तमान अवस्थामा मेलम्ची खानेपानीले पाइप बिछ्याउन ठाउँ ठाउँमा सडक खनेका कारण उपत्यकालाई धुलोमुक्त गर्न नसकिएको उपमेयर खड्गीको भनाई छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्लेले काठमाडौं महानगरलाई बुझाइएको ज्ञापनपत्र सांकेतिक भएको र आगामी दिनमा प्रदेश र केन्द्र सरकारलाई पनि ज्ञापनपत्र बुझाउने बताए । सरकारले गर्नुपर्ने आधारभुत काम पनि नगरेको कारण प्रर्दशन गर्नुपरेको र सम्बन्धि निकायले एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै पन्छिने गरेकाले प्रदर्शन गर्न बाध्य भएको काफ्लेको भनाई छ ।

वर्तमान समयमा काठमाडौं उपत्यका डब्लुएचओको मापदण्ड भन्दा ५ गुणा बढी वायु प्रदुषित भएको छ । प्रदुषण कै कारण नेपालमा वार्षिक १० हजार मानिसको मृत्यु हुने गरेको जनाइएको छ । त्यस्तै वायू प्रदुषणका कारण नेपालको अर्थतन्त्रको कुल ग्राहस्थ्य उत्पादनमा ४ दशमलव ७ प्रतिशत ह्रास हुने गरेको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);