हार्ने पक्का भएपछि माओवादीले मतपत्र च्यातेः देवी ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हार्ने पक्का भएपछि माओवादीले मतपत्र च्यातेः देवी ज्ञवाली

भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ भने एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाएका छन् ।

हार्ने पक्का भएपछि माओवादीले मतपत्र च्यातेः देवी ज्ञवाली

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ भने एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाएका छन् ।

मतगणना भइरहेको समयमा राति पौने बाह्र बजे माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको छ ।

के कति मतपत्र च्यातिएको हो भन्ने बारेमा भने खुलाइएको छैन । च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ । ज्ञवालीले हार्ने निश्चित भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको र आफुहरुसँग यस बारेमा पुर्व सुचना रहेको दाबी समेत गरेका छन् ।

ज्ञवालीले यस बारेमा प्रहरी प्रशासनलाई पुर्व जानकारी गराइएको तर, प्रहरीले सावधानी नअपनाएको बताए । उनले राज्य सक्ताको दुरुपयोग गर्दै यस्तो कार्य गरिएको भन्दै आपत्ती समेत जनाएका छन् ।

उनले जनताको मतलाई अपमान गरेको आफुले हेरेर बस्न नसक्ने पनि बताए । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका प्रतिनिधि द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा रहेका छन् ।

एमालेका गङ्गालाल लामालाई पनि नियन्त्रणमा लिइएको छ ।

भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । वडा नम्बर २० को मतगणना हुन बाँकी छ ।  हालसम्म माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका प्रमुख पदका ज्ञवाली ७५५ मत अन्तरले अघि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);