भरतपुर घटनाप्रति एमाले आक्रोशित, संसद बैठक चल्न नदिने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भरतपुर घटनाप्रति एमाले आक्रोशित, संसद बैठक चल्न नदिने चेतावनी

१६ जेठ, काठमाडौं । नेकपा एमालेले भरतपुरको मतगणनाका क्रममा मतपत्र च्यातेको घटनाबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

भरतपुर घटनाप्रति एमाले आक्रोशित

१६ जेठ, काठमाडौं ।  नेकपा एमालेले भरतपुरको मतगणनाका क्रममा मतपत्र च्यातेको घटनाबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

मंगलबार निर्वाचन आयोग परिसरमा नेकपा एमालेका शीर्ष नेताहरु गएर भरतपुरको मतगणनालाई निष्पक्ष छानबिन गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई आग्रह गरेका हुन् । मतगणना तत्काल सुरु गर्ने आग्रह गर्दै नेकपा एमालेका शीर्ष नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोगमा गएका थिए । एमालेले मतपरिणाम उल्टाउनका लागि मतपत्र च्यात्ने काम भएको आरोप लगाएको छ । 

एमाले नेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षको नियोजित योजनामा मतपत्र च्यात्ने काम भएकोे भएकोे भन्दै पुनः मतदान एमालेलाई मान्य नहुने बताउनु भयो । त्यसैगरी नेता नेम्वाङले  मतपत्र च्यात्नासाथ पुनः मतदान गर्ने हो भने त्यसले गलत मानसिकता र गलत नजिर स्थापित हुने बताउनु भयो ।

गलत संस्कृति बस्न नदिन निर्वाचन आयोगलाई आग्रह गर्दै नेता नेम्वाङले जनताले दिएको मतलाई उल्टाउने काम गर्नेलाई दण्डित गर्नुपर्ने धारणा राख्नु भयो  । उहाँले एमालेले  जित्ने सुनिश्चत भएका अवस्थामा अचानक कानुनको  विरुद्धमा मतपत्र च्यात्ने काम भएको उल्लेख गर्नुभयो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);