काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य विजयी, सवैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य विजयी, सवैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता

विनय कुमार । १४ जेठ, काठमाडौं । शक्तिको केन्द्रविन्दु मानिने काठमाडौं महानगरपालिकाले दुई दशकपछि जनप्रतिनिधि पाएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य विजयी

विनय कुमार । १४ जेठ, काठमाडौं । शक्तिको केन्द्रविन्दु मानिने काठमाडौं महानगरपालिकाले दुई दशकपछि जनप्रतिनिधि पाएको छ । वैशाख ३१ गते सम्पन्न मतदानको अन्तिम परिणाम १४ दिनपछि विद्यासुन्दर शाक्यको पोल्टामा पुगेको छ । विद्यासुन्दरले १९ हजार ६ सय ४४ मत अन्तरका साथ ६४ हजार ९ सय १३ मत ल्याएर महानगरपालिकाको प्रमुख बन्न सफल भएका छन् । काठमाडौं लगनटोलमा जन्मिएका विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । यसअघि २०४३ सालको नगर पञ्चायतको निर्वाचनमा वडाध्यक्ष, २०४९ र २०५४ सालको स्थानीय चुनावमा वडाध्यक्ष जितेका हुन्, विद्यासुन्दरले ।

निर्वाचनमा कहिल्यै हार नव्यहोरेका विद्यासुन्दर २० वर्षपछि काठमाडौंको मेयर बन्न सफल भए । १९ हजार ६ सय ४४ मतान्तरले जितेका विद्यासुन्दरको पक्षमा ६४ हजार ९ सय १३ मत आएको छ भने विपक्षमा करिब १ लाख मत खसेको छ । निर्वाचन परिणाम सार्वजनीक भएसँगै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् । शाक्यले आफूले बोल्नुभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

आइतवार राष्ट्रिय सभा गृहको प्राङ्गनमा विजय उत्सव सुरु भइरहँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशी अनुपस्थित थिए । तर, नवनिर्वाचित उपमेयर हरिप्रभा खड्गी भने निकै खुशि देखिएकी थिइन् । उनले काठमाडौंलाई धुलोधुवारहित र हरभरा बनाउने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं महानगरपालिकामा कुल मतदाता २ लाख ७९ हजार तीन सय मतदाता छन् ।  जसमा खसेको मत १ लाख ९७ हजार २ सय २७ मध्ये सदर मत १ लाख ९१ हजार ४४ छ भने बदर मत ६ हजार १ सय ८३ मत छ । काठमाडौं महानगरमा नयाँ राजनीतिक दलको रुपमा उदाएका विवेकशिल पार्टीकी मेयर उम्मेदवार रञ्जु दर्शनाले पनि सम्मानजनक मत ल्याएर पराजित भएकी छिन् ।

तर, उनी खुशि व्यक्त गर्दै मतदाताहरुले माया र विश्वास गरेर दिएको मतलाई आफूले सदुपयोग गर्ने र निर्वाचित उम्मेदवारहरुलाई सघाउने स्पष्ट पारिन् । काठमाडौं महानगरपालिका सबैको चासोको विषय भएकाले पनि नवनिर्वाचित जनप्रतिनिधिहरु समक्ष चुनौतीका चाङहरु थुप्रै छैन । त्यसैले भाषण भन्दा पनि काम गर्नतिर लाग्नुपर्दछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);