रन्जु दर्शना प्रतिनिधि सभा निर्वाचनमा काठमाडौैं–५ बाट उठ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रन्जु दर्शना प्रतिनिधि सभा निर्वाचनमा काठमाडौैं–५ बाट उठ्ने

काठमाडौँ । रन्जु दर्शना आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने भएकी छन् । आइतबार फेसबुकमार्फत विवेकशील साझा पार्टीकी पूर्वनेता दर्शनाले काठमाडौं ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

यसअघि नै उनले काठमाडौं ५ बाट उठ्ने आफ्नो तयारी रहेको र केही दिनमा औपचारिक रुपमा घोषणा गर्ने बताएकी थिइन् । उनले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएकी छन् । ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नं। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु‚’ उनले लेखेकी छन् ।

२०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई झन्डै १० हजार मतले हराएका थिए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्वल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए ।

दर्शना यसअघि विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चर्चामा थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी मात्रै दिएकी थिइनन्, उनी तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला उनले चुनाव नजिते पनि काठमाडौंवासीको मन जितेको प्रतिक्रिया दिएकी थिइन् । वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);