काठमाडौं क्षेत्र नम्बर २ बाट माधव नेपालको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं क्षेत्र नम्बर २ बाट माधव नेपालको उम्मेदवारी

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन् ।

वरिष्ठ नेता नेपालले विहिबार दिउँसो राष्ट्रिय सभागृहमा पुगेर काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गरेपछि उनले संचारकर्मीमाझ आफू अत्याधिक मतका साथ निर्वाचनमा विजयी हुने दावी गरे ।

नेता नेपालले काठमाडौंका जनताको माया, प्रेम र सदभावले तानेपछि आफूले रौतहट छोडेर काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको पनि स्पष्ट पारे । वरिष्ठ नेता नेपालले आफूमाथि मुलुक बनाउने ठूलो जिम्मेवारी रहेको पनि बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);