झापा क्षेत्र नम्बर ३ मा कृष्ण सिटौला र राजेन्द्र लिङदेनबीच भीडन्त हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापा क्षेत्र नम्बर ३ मा कृष्ण सिटौला र राजेन्द्र लिङदेनबीच भीडन्त हुने

झपा, १६ कात्तिक । झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनबीच भीडन्त हुने भएको छ ।

राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । महामन्त्री लिङदेनले बिहीबार दिउँसो जिल्ला निर्वाचन कार्यालय पुगेर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका उनले जनताले विश्वास गरेकाले आफनो जीत सुनिश्चित भएको दावी गरे । महामन्त्री लिङदेनले स्थानीय आवश्यक्ता अनुसार बाम गठबन्धनसँग चुनावी तालमेल गरेको प्रतिक्रिया दिएका छन् ।

झापा  ३ बाट काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता

यसैगरी झापा क्षेत्र नम्बर ३ बाट काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन् । अब लिङदेन र सिटौलाबीच यस क्षेत्रमा चुनावी भिडन्त हुने भएको छ । दुवै नेताले झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);